काठमाडौँ — गीतकार तथा निर्देशक यादव खरेललाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ । १२औं 'म्युजिक खबर म्युजिक अवार्ड २०८१' का अवसरमा उनलाई नगद ५१ हजार, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, संयोजक सबिता पोखरेललगायतले खरेललाई सम्मान गरे ।
यस्तै, विभिन्न विधाका उत्कृष्ट विजेतालाई पनि सम्मान गरिएको छ ।
सुगम संगीततर्फ सर्वोत्कृष्ट गायक गोविन्द मधुर आचार्य (एक दिन उज्यालो छाउला) घोषित भए भने सर्वोत्कृष्ट गायिका बबिना भट्टराई (गुनासो) बनिन् ।
आधुनिक विधामा महेश आचार्य (तिमी सँगै छैनौं) सर्वोत्कृष्ट गीतकार, नरहरि प्रेमी (घर छोडेको मान्छे) सर्वोत्कृष्ट संगीतकार र अन्जु पन्त र नरेश रेग्मी (धर्ती र जूनको कहानी) सर्वोत्कृष्ट युगल गायन घोषित भए ।
ध्वनि सम्पादनमा सुशीलविक्रम शाह (एउटै जून), संगीत संयोजनमा विपिन आचार्य (आदत) सर्वोत्कृष्ट भए ।
म्यूजिक भिडियो विधामा रुपेश थापा (तिमीबिना चल्दैन) छायाँकार र रविन बिक (लामपाते सुरती) सम्पादनतर्फ विजेता बने । मोडलमा विनोद श्रेष्ठ र उषा सुवेदी (बिदाई) र निर्देशकमा शान थापा (छुनै हुन्न जस्तो) उत्कृष्ट ठहरिए ।
विशेष अवार्डतर्फ पपुलर गायिका अफ दि इयरमा एलिना चौहान (तिमीबिना चल्दैन) विजेता बनिन् । जुरी गीतकार अवार्डमा भुपेन्द्र बुढाथोकी (भाग्य लेख्ने भगवान) र जुरी संगीतकार अवार्ड केशव पौडेल (पागल) छानिए ।
डायस्पोरा गायकबाट दिपेन्द्र आले (ढल्केबरैमा) र नवप्रतिभा गायकमा रायन बस्याल (घामको झुल्को) उत्कृष्ट भए । नवीन निर्देशकमा उमेश भट्ट (कतै म हराएँ कि) ले अवार्ड पाए ।
लोकदोहोरी विधामा सरोज लामिछाने (खोली तरेको) र सुनिता बुढा क्षेत्री (उजेली) गायक/गायिकामा विजेता बने भने संगीतकारमा कृष्ण केसी (ठूली) र गीतकारमा सन्तोष सापकोटा (बस्यौ अलग्गै) उत्कृष्ट ठहरिए ।
महिला गीतकारमा सामना शाह (आँसुको वर्षात्), संगीत संयोजकमा तेजेन्द्र दूरा (तिम्रो जवानी), ध्वनि सम्पादनमा खड्ग बाजुराली (ठूली), निर्देशनमा मौसम हिमाली (कश्मिरे पछ्यौरी) उत्कृष्ट घोषित भए ।
यस्तै, मोडलतर्फ (पुरुष–महिला) बादल घिमिरे (कसम तोड्ने भा), अस्मिता पुरी (फूलमाया) छानिए ।
कल्चरल विधातर्फ रेश्मा तामाङ (जुध्यो नजर) उत्कृष्ट गायिका बनिन् । गायक/गायिकामा शुक्र तामाङ र रेजिना परियार (ठट्यौली ठाडो भाका) छानिए ।
चलचित्र विधामा प्रमोद ढुंगाना (उपहार– हारेको छैन) ले उत्कृष्ट गीतकारको उपाधि हात पारे भने संगीतकारमा अर्जुन पोखरेल (ज्वाइँसाप– कसम बत्तिको) घोषित भए । यस्तै गायक/गायिकामा सुमिन खड्का र नम्रता खरेल (दिमाग खराब– झम्के झमाझम) उत्कृष्ट भए ।
इन्करेजमेन्ट अवार्डमा सबिन सुवेदी (छक्कापञ्जा ५– बिहे भाको छैन) घोषित भए ।
अन्य सम्मान पाउनेमा कोको ?
रजत सम्मान: तिलकसिंह पेला
दशक संगीत सम्मान: खुमन अधिकारी, जुनु रिजाल
युवा संगीत सम्मान: मीना लामा
बालप्रतिभा संगीत सम्मान: पूजा देवकोटा
डायस्पोरा संगीत सम्मान: रमिल अधिकारी (न्युजिल्यान्ड)
फोटो पत्रकारिता सम्मान: प्रदीपराज वन्त
स्रष्टा सम्मान: शेखर ढुंगेल, दिवाकर भट्टराई
कला सम्मान: गम्भीर विष्ट
सामाजिक सेवा सम्मान: सफला मैया राजभण्डारी
ब्युटी प्याजेन्ट कोरियोग्राफर सम्मान: आश्विनीकान्त झा
संगीत कला सम्मान: एमपी सुब्बा, दिपाञ्जली शाह
