७२ औं मिस वर्ल्ड बनिन् थाइल्याण्डकी ओपल

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

Thailand's Opal became the 72nd Miss World

काठमाडौँ — ७२ औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिबार बेलुका भारतको तेलांगानास्थित हैदरावादमा आयोजित फिनालेमा उनले उपाधि जितेकी हुन् । 

विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्‍याइदिइन् । इथियोपियाकी उपविजेता घोषित भइन् । पोल्याण्ड र मार्टिनिकका क्रमशः तेस्रो र चौंथो उपविजेता घोषित भए ।

अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्याण्ड र एसियाबाट थाइल्याण्डबीच प्रतिस्पर्धा भएको थियो । महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पस’को उपाधि इन्डोनेसियाले जितेको छ ।

यसवर्षको प्रतियोगितामा नेपालसहित १०८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । नेपाल अन्तिम ४० मा समेटिन सकेन । नेपालबाट सृच्छा प्रधानले सहभागिता जनाएकी थिइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully