नोरासँगै स्टेजमा धुम मच्चाएका गौरव को हुन्  ?

गौरव भन्छन्, ‘मलाई अहिलेसम्म त्यो सपनाजस्तो लागिरहेको छ ।’

जेष्ठ ७, २०८२

समर्पण श्री

Who is Gaurav who created a sensation on the stage with Nora?

काठमाडौँ — गत शनिबारदेखि सामाजिक सञ्जालमा गौरव सिटौलाको खोजी यसरी सुरु भयो कि, उनका पुराना भिडियोहरु पनि भाइरल नै भए । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीसँग हायात मैदानमा कम्मर मर्काएर नाचेसँगै उनी धेरैको नजरमा परे । उनको कन्फिडेन्ट त तारिफयोग्य थियो नै त्यो भन्दा धेरै तारिफयोग्य थियो उनको डान्स स्टेप ।

सिटौला कुनै योजनाअनुसार नोरासँगै मञ्चमा देखिएका थिएनन् । बरु मञ्चको अग्रभागमा रहेका गौरव नै नोराको नजरमा परेका थिए । नोराले उनलाई देख्ने बित्तिकै भनेकी थिइन्, ‘मैले तिमीलाई कतै देखेको छु । तिम्रो नाम के हो ? म तिमीलाई चिन्दछु ।’

नोराले यति भनेपछि दर्शकदीर्घाबाट गौरव भन्दै हुटिङ सुरु भयो । नोराले थपिन्, ‘गौरव, हो । मैले तिम्रो भिडियो मेरो इन्स्टाग्रामा सेयर गरेकी थिएँ । ऊ एकदमै राम्रो डान्सर हो । म तिमीसँग डान्स गर्न चाहन्छु ।’ त्यसपछि गौरव स्टेजमा देखा परे अनि नोराकै शैलीमा नाच्न थाले, दिलवर... दिलवर... दिलवर ...। 

त्यही नाचपछि गौरवको इन्स्टा अकाउन्टमा फलोवर्सको बाढी आयो । कक्षा ११को परीक्षामा व्यस्त रहेका गौरवले कान्तिपुरसँगको कुराकानीमा भने, ‘मलाई अहिलेसम्म त्यो सपनाजस्तो लागिरहेको छ ।’ २०१८ मा आएको म्युजिक भिडियो दिलबरबाट नोरालाई फलो गर्न थालेका गौरव उनको हरेकजसो डान्स स्टेपहरु पछ्याइरहन्थे । उनले सुनाए, ‘हालै कलेजमा पनि मैले पर्फम गर्दा ३ वटा गीत वहाँकै गरेँ ।’
झापाका १७ वर्षीय गौरव अहिले परिवारसँग पेप्सिकोलामा बस्छन् । नृत्यसँग उनको लगाव सानैदेखि हो । आजसम्म डान्सको कुनै कक्षा नलिएका गौरव टिकटक भिडियोबाट धेरैको नजरमा परेका हुन् । नोरादेखि साहरुख खानसम्मका गीतमा उनले नाचेका कैयन भिडियो सामाजिक सञ्जालमा हजारौंले हेरेका छन् । कतिसम्म भने २ वर्षअघि साहरुखको गीतमा उनले नाचेको भिडियोको पोस्टलाऐ सामाजिक सञ्जाल एक्स पहिले  (ट्विटर) मा रि पोस्ट गरेका थिए ।

Who is Gaurav who created a sensation on the stage with Nora?

नोराको नजरमा कसरी परे गौरव ?
काठमाडौंमा नोरा आउने खबर पाए पनि नजिकिँदो परीक्षाका कारण त्यहाँ जाने कि नजाने भन्ने दोधारमै थिए गौरव । तर गौरवका बा हरि भने नोरा आउने कार्यक्रममा छोरालाई स्टेज चढाउन सकिन्छ कि उपाय खोजिरहेका थिए । उनले सुनाए,  ‘कुनै उपाय भेटिरहेको थिइनँ ।’
त्यही बेला गौरवका साथीहरू सम्राट र आर्यनले उनलाई भने, ‘तिमी आऊ जसरी पनि आऊ । हामी तिमीलाई टिकट दिन्छौँ  ।’

कन्सर्ट ३ बजेदेखि सुरु भएको थियो । गौरव पुगे, साढे ८ बजे . किनकी उनको चासो नै नोराको पर्फमेन्समा थियो । उनले सुनाए, ‘सुरुमा म दाइहरुसँग भिआइपी एरियामा थिए । दाइहरूले के के गरेर मलाऐ भिभिआइपीमा लैजानुभो । किनकी सबैमा नोराले चिनेर स्टेजमा बोलाउन सक्नुहुन्छ कि भन्ने थियो ।’
भइदियो पनि त्यस्तै । नोराको पर्फमेन्सको बेला स्टेजको छेउमै उभिएका गौरव उनको नजरमा परे । उनले सुनाए, ‘उहाँले सबैसँग फेबरेट गीत सोध्नुभयो । मैले दिलबर दिलबर भनेर चिच्याएँ । त्यहीबेला उहाँको आँखा म भएतिर पुग्यो । उहाँले चिन्नुभयो । अनि मलाई बोलाउनुभयो ।’

Who is Gaurav who created a sensation on the stage with Nora?
नोरासँगै एउटै स्टेजमा देखिन पाउनु आफ्ना लागि एकदमै ठूलो कुरा भएको उनले बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय स्टार हुँदा पनि मलाई चिन्नुभएको र स्टेजमा अवसर दिनुभएकोमा एकदम धेरै आभारी छु ।’

कार्यक्रम पछि नोराले गौरवसँग नाचेको भिडियो फुटेज सामाजिक संजाल इन्स्टामा गौरवलाई नै ट्याग गरेर शेयर गरेकी थिइन् । उनले सुनाए,   ‘त्यसपछि हाम्रो म्यासेजमा पनि कुराकानी भयो । उहाँले पनि मेसेज रिप्लाइ गर्नुभयो । एकदमै प्रेम व्यक्त गर्नुभयो ।’

त्यो दिनको खुशी
छोरा नोरासँग नाचेको खबर गौरवका बाले त्यही रात १२ बजे मात्रै थाह पाए । उनले त्यो दिनको खुशी साट्दै भने,   ‘राति घरभित्र पस्नासाथ नोरासँग डान्स गरेर आएको भनेर सुनायो । ऊ खुसी देखियो । हामी त धेरै खुसी भयौँ ।’

त्यो दिनका नाच आफ्ना लागि टर्निङ प्वाइन्ट भएको गौरवको बुझाइ छ । वर्षौदेखि नोरालाई सामाजिक सञ्जालमार्फत् पछ्याइरहेका गौरव उनका हरेक इन्टरभ्यू, पडकास्टबारे जानकार छन् । नोराले वर्ल्डकपको एन्थम गाएको देखि नोरको जनरा बेलि डान्सिङका हरेक स्टेपसम्म उनलाई थाह छ ।

नोराले वर्ल्डकपको एन्थम गाएकै शैलीमा उनले पर्फम गरेर एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । जसलाई नोराले पनि आफ्नो इन्स्टा अकाउन्टामा स्टोरीका रुपमा पोस्ट गरेकी थिइन् । सुरु सुरुमा घरभित्रै नाच्ने गौरव कोरोना महामारीले लकडाउन भएका बेला टिकटकतिर देखिन थाले । उनले नाचबाटै नेपालीको मात्रै हैन, बलिउडका धेरैको ध्यान पनि खिचे । उनले सुनाए, ‘नेपालभित्र भन्दा बढी इन्डियामा चिन्नुहुन्छ । मेरो पहिलाको अकाउन्टमा १ लाख फलोअर्स थिए । त्यसमा धेरैजसो इन्डियन हुनुहुन्थ्यो । अहिले नोराको कन्सर्टले नेपालमा पनि फलोअर्स बढेको छ । इन्डियामा पनि राम्रो भनिरहनुभएको छ ।’

बलिउडका गीतहरूमा नाचेर धेरैको ध्यान खिचेका गौरवले इन्डिया ग्रेट डान्सर र डान्सर दिवानेबाट पनि अफर आएको बताए । उनले भने, ‘तर एसईईका कारण म जान पाइनँ ।’ भारतीय रियालिटी शोमा जान नपाए पनि उनी गत वर्ष एसईई सुपर मोडलमा विजेता बने । यो जितले भने आफूमा आत्मविश्वास बढाएको उनले बताए ।

कम्प्युटर म्यानेजमेन्ट पढिरहेका गौरवले परिवारले उत्प्रेरित गरेकैले आफ्नो यात्रा यहाँसम्म आइपुगेको बताए । डान्समै आफ्नो करिअर बनाउन खोजिरहेका उनले भने, ‘आफूले गर्न चाहेको काममा खुसी हुन चाहन्छु ।’

सम्बन्धित समाचार

नोरासँगै नाचे नेपाली

 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully