काठमाडौँ — सलमान खान अभिनित बहुप्रतीक्षित फिल्म ‘सिकन्दर’ विश्वभर प्रदर्शनमा आइसकेको छ । तर हालसम्मको संकलनअनुसार फिल्मको कमाइ उत्साहजनक छैन ।
साजिद नाडियाडवालाले निर्माण र ए आर मुरुगादास निर्देशन गरेको यो फिल्म ५०० स्क्रिनमा रिलिज गरिएको थियो ।
आइतबार मात्र २२ हजार शो पाएको थियो फिल्मले । तर फिल्मले अपेक्षाकृत कमाइ गर्न सकेन ।
फिल्म ‘सिकन्दर’ ले पहिलो दिन राति १० बजेसम्म २६ करोड भारु कमाइ गर्यो । २०० करोडको बजेटमा बनेको फिल्मका लागि यो ओपनिङ कमजोर मानिएको छ ।
सलमानको अघिल्लो फिल्म ‘टाइगर ३’ (२०२३) ले पनि पहिलो दिन बजेटको २० प्रतिशत मात्र कमाउन सकेको थियो ।
यो फिल्मले पहिलो दिन ४४.५० करोडको व्यापार गरेको थियो । फिल्मले ३०० करोडको लागत उठाउन असफल रह्यो ।
यही कारण, निर्माता आदित्य चोपडाले आफ्नो स्पाइ युनिभर्सको अर्को फिल्म ‘टाइगर भिएस पठान’लाई अनिश्चितकालका लागि स्थगित गरे ।
अब, सिकन्दरको कमजोर ओपनिङले निर्माता साजिद नाडियाडवाल पनि आगामी प्रोजेक्ट‘किक २’ मा पुनर्विचार गर्छन् कि भन्ने अनुमान छ ।
