काठमाडौँ — मोहनलाल र पृथ्वीराज सुकुमारनको बहुप्रतीक्षित फिल्म ‘एल २ : एम्पुरन’ले रिलिजअघि नै ‘पुष्पा २’को रेकर्डलाई पछि पारेको छ ।
पछिल्लो रिपोर्टअनुसार ‘एल २ : एम्पुरन’ले सुरुआती कमाइमा अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’लाई पछि पारेको हो ।
फिल्म रिलिज हुनुअघि नै ‘एल २ : एम्पुरन’ ले १०.०१ करोड भारुको एडभान्स बुकिङ पूरा गरेको छ । जुन केरला फिल्म उद्योगका लागि ठूलो उपलब्धि हो ।
पहिलो दिनका लागि मात्र १० करोडभन्दा बढीको प्रि-सेल्स गरिएको छ । यसअघि, यो रेकर्ड थलपति विजयको ‘लियो’ ले बनाएको थियो ।
फिल्मले १२ करोड भारुको बुकिङ गरेर राखेको थियो । अब ‘एल २ : एम्पुरन’ यो रेकर्ड तोड्ने बाटोमा छ ।
पुष्पा २ ले पहिलो दिन ६.३५ करोड रुपैयाँ कमाएको थियो । तर ‘एल २ : एम्पुरन’ले अझै बढी कलेक्सन गर्दै दर्शकहरूलाई हलसम्म तान्न सफल भएको छ ।
यो फिल्म २७ मार्च मा विश्वभर रिलिज हुँदैछ ।
