निफ अन्तर्गत रसियन चलचित्र महोत्सव

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Russian Film Festival under NIF

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) अन्तर्गत रसियन चलचित्र महोत्सव मनाइएको छ । आयोजक रोस्किनोले चैत ७ देखि ११ सम्म महोत्सवमा रुसी फिल्महरूको प्रदर्शन गर्नेछ । शनिबार काठमाडौंको छायाँ सेन्टरमा रुसी चलचित्र दिवस मनाउँदै रूसी संस्कृति मन्त्रालयको सहयोगमा तीन रुसी फिल्म देखाइए । 

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवका अध्यक्ष केपी पाठकले निफमा रसियन चलचित्र दिवस पहिलोपटक मनाउन पाउँदा खुशी व्यक्त गरे । ‘विभिन्न देशसँगको चलचित्र सहकार्य कायम गर्न खोजेको थियौं । र संसारका चलचित्र नेपालीसहित विश्वमाझ देखाउन चाहेका हौं । यस वर्षको निफमा रसियन समाज, रसियन चलचित्र र रसियन गतिविधिलाई अगाडि बढाउने लक्ष्य छ,’ पाठकले भने । 

रसियन कल्चर सेन्टरका निर्देशक एनथम मास्लोवले नेपाली दर्शकहरूबीच रसियाका फिल्म देखाउनु उत्साहजक रहेको बताए । 

सन् २०२३ मा बनेको ‘न्युरेम्बर्ग’,’ एबजेनिया तिर्दाटोवाद्वारा निर्देशित ‘चौथाई’, ‘एलेकजेन्ड्रा सह्राना’ फिल्म छायाँमा देखाइएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully