सञ्जय लीला भन्सालीको फिल्म खेल्दै निकिता

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Nikita playing Sanjay Leela Bhansali's film

काठमाडौँ — नेपाली अभिनेत्री निकिता चण्डकलाई भारतीय प्रतिष्ठित फिल्म निर्देशक सञ्जय लीला भन्सालीले आफ्नो आगामी फिल्ममा लिने भएका छन् । 

निकिताले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा निर्देशक भन्सालीसँगको तस्बिर सार्वजनिक गर्दै यो कुरा उल्लेख गरेकी हुन्। उनले लेखेकी छन्, ‘सञ्जय लीला भन्साली सरको सिनेमा जगतको एउटा सानो हिस्सा बन्न पाउँदा अति नै कृतज्ञ र उत्साहित भएकी छु ! योभन्दा राम्रो मेरो बलिउड सुरुवात अरू हुन सक्दैनथ्यो !’ 

यतिबेला नेपाली सिनेमा हलमा उनी अभिनित 'राजागंज' (पूजा सर) प्रदर्शनरत छ। निकिताको अभिनयलाई आम दर्शकका साथै समीक्षकले समेत रुचाइरहेका बेला 'देवदास', 'हम दिल दे चुके सनम', 'बाजिराव मस्तानी'जस्ता हिट फिल्मका निर्देशक भन्सालीले उनलाई आफ्नो नयाँ फिल्ममा खेल्नका लागि आग्रह गरेका हुन्।

'गंगुबाई काठियावादी', 'खामोसी', 'गुजारिश' जस्ता भन्सालीका अन्य सिनेमा पनि महिला पात्रको शक्तिशाली चित्रणका लागि चिनेने गर्छन्। सन् २०१७ कि मिस नेपाल विजेता समेत रहेकी निकिताले 'राजागंज'भन्दा अघि पनि विराज भट्ट निर्देशित सन् २०२० को 'साङ्लो' र २०२४ को हिन्दी सिनेमा 'द सेमलेस' मा काम गरिसकेकी छन्। 

निकिताले भन्सालीलाई मुम्बईको 'द सिटी अफ ड्रम्स'मा भेटेकी हुन्। उनीहरूले फिल्मको नाम भने सार्वजनिक गरिसकेका छैनन्।

कान्तिपुर

Link copied successfully