‘लाज शरणम्‌’लाई प्रचारप्रसार र प्रदर्शनको बाटो खुल्यो

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

'Laaj Sharanam' opened the way for publicity and demonstration

काठमाडौँ — कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्‌’लाई अब प्रचारप्रसार र प्रदर्शनका लागि बाटो खुलेको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शनीका लागि स्वीकृति दिएसँगै फिल्मलाई अब प्रचारप्रसार र प्रदर्शनका लागि बाटो खुलेको हो ।

पूर्वमन्त्री अफताव आलमले फिल्ममा आफ्नो आवरणसँग हुबहु मिल्ने चरित्र रहेको भन्दै मुद्दा हालेपछि उच्च अदालत पाटनले सेन्सर बोर्डले अनुमति नदिएसम्म प्रसारप्रसार रोक्न अन्तरिम आदेश दिएको थियो । त्यसयता फिल्मको प्रचारप्रसार रोकिएको थियो । निर्माण टिमले यसअघि युट्युबमा हालेका प्रोमोसनल गीत पनि हटाएको थियो ।

यो फिल्म आगामी फागुन १४ गते महाशिवरात्रीका दिन प्रदर्शन हुँदैछ ।

कान्तिपुर

Link copied successfully