लोक नृत्यमा मादी मावि प्रथम

फाल्गुन १०, २०८१

दीपेन्द्र शाक्य

Madi Mavi First in Folk Dance

संखुवासभा — सङ्खुवासभाको बरुण बहुमुखी क्याम्पसले अयोजना गरेको बरुण लोक सांस्कृतिक नृत्य प्रतियोगितामा मादी माध्यमिक विद्यालय मादी प्रथम भएको छ ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको असरमा बरुणले शनिबार रैथाने कला संस्कृति संरक्षणका लागि सांस्कृतिक नृत्य प्रतियोगिता तथा हस्तकला प्रदर्शनीको आयोजना गरेको हो । 

खाँदबारीमा रहेको बरुण बहुमुखी क्याम्पसमा भएको प्रतियोगिताको विजेता मादी माविले नगद ३० हजार प्राप्त गरेको छ । मादीले रैथाने कला संस्कृति अन्तर्गत संगीनी नृत्य प्रस्तुत गरेको थियो । 

त्यसैगरी कुमाल जातिको कुमाल सांस्कृतिक नृत्य प्रस्तुत गरेको मनकामना मावि तुम्लिङटार दोस्रो भएको छ । कुलुङ राई समुदाय सांस्कृतिक नृत्य प्रस्तुत गरेको सगरमाथा मावि सिलिचोङ तेस्रो र लिम्बू समुदायको केलाङ नृत्य प्रस्तुत गर्ने सङ्खुवासभा बहुमुखी क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्रमाण पत्र प्राप्त गरेका छन् । 

संस्कृति संरक्षण र प्रर्वद्धनमा युवा सहभागीता भन्ने नारासहित बरुण लोक सांस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा धनकुटा, भोजपुर जिल्लाका प्रतिनिधिमुलक क्याम्पससहित जिल्लाका क्याम्पस र माध्यमिक विद्यालयहरुको सहभागिता थियो ।

दीपेन्द्र

Link copied successfully