काठमाडौंमा जापानी फिल्म महोत्सव हुने

माघ १७, २०८१

कान्तिपुर संवाददाता

Japanese film festival will be held in Kathmandu

काठमाडौँ — काठमाडौंमा जापानी दूतावासले जापानी फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ‌‌ । जापान फाउन्डेसनको सहकार्यमा  माघ १८ र १९ गते काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा महोत्सव गर्न लागेको हो ।

कार्यक्रमलाई जापानी भाषा शिक्षक संघ नेपालले सहयोग गरेको छ । महोत्सवमा ५ वटा फिल्म देखाइनेछन् । महोत्सवमा प्रवेश नि:शुल्क रहनेछ‌।‌

माघ १९ गते महोत्सवमा सहभागीहरूले जापानी परम्परागत पोशाक लगाउने अवसरसमेत पाउनेछन् । जापानी दूतावासले यो महोत्सव नेपाली दर्शकहरूका लागि जापानी कला, संस्कृति र जीवनशैली बुझ्ने अवसर हुने अपेक्षा लिएको छ ।

कान्तिपुर

Link copied successfully