काठमाडौँ — १६ औं 'राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु फिल्म प्रदर्शनी २०८१' फागुन १ देखि सुरु हुँदैछ । रातोपुलस्थित शैली थिएटर तथा कमलपोखरीस्थित रुसी सदन (रुसी सांस्कृतिक तथा विज्ञान केन्द्र) मा आयोजना हुने यो महोत्सव फाल्गुन ७ हुनेछ ।
महोत्सवका लागि १४ वटा नाटक छनोट भएका छन् । महोत्सव संयोजक सविन न्यौपानेका अनुसार महोत्सवमा होलि एञ्जल्स पब्लिक स्कुलको 'तारेभिर', सनसाइन इङ्गलिस बोर्डिङ स्कुलको 'स्याडो', आकाशगङ्गा इन्टरनेसनल स्कुलको 'रक्त पासो', दर्शना स्कुलको 'को चोर', हिले माध्यमिक विद्यालयको 'अभागी आरन', भेलोसिटी स्कुलको 'तुलसी', समृद्धि स्कुलको'देउकी' र 'द अलकेमिष्ट', मृगशिरा वर्ल्ड स्कुलको 'लौरो', काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको 'खेल्ने बेला', युनाइटेड युनिभर्सल स्कुलको 'पढ्न त मन लाग्छ', पिक प्वाइन्ट एजुकेसन नेटवर्कको 'यशस्वी भवः', वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको 'रमेशको आशाको त्यान्द्रो राजु' र शैली थिएटरको प्रस्तुत एउटा नाटक छनोट भएका हुन् ।
बाल लघु फिल्महरुबारे भने अन्तिम नतिजा आइसकेको छैन । महोत्सवमा सहभागी प्रतियोगी नाटकलाई सात वटा विधामा विशेष पुरस्कार प्रदान गरिनेछ ।
