काठमाडौँ — माघ ८ र ९ मा धरानको होटल कञ्चनजंघामा 'काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल' (किम्फ) आयोजना हुँदैछ । काठमाडौं बाहिर 'घुम्ती किम्फ' अन्तर्गत पूर्वाञ्चल रक्सले यो महोत्सव आयोजना गर्ने भएको छ । पूर्वाञ्चल रक्स म्युजिक भिडियो निर्माणमा सक्रिय छ ।
धरानको किम्फमा आदिवासी लिम्बू फिल्म 'नुमाफुङ', राई समुदायको 'रोङ्गपहामु' र लघु फिल्म 'ब्रिटेन लोन्ली गोर्खा', 'गड्स बफेलो', 'एट एनोदर विन्टर', नेपाली फिक्सन र 'कम ओभर फोर अ ड्रिंक्स कान्छी' देखाइनेछ । महोत्सवमा देखाइने फिल्महरुमाथि अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिने बताइएको छ ।
सन् २००७ देखि सुरु भएको किम्फले अहिलेसम्म राजनैतिक, साँस्कृतिक, मौसम परिवर्तनदेखि नारीवादलगायतका विभिन्न प्रकारका फिल्महरू देखाउँदै महोत्सव आयोजना गर्दै आइरहेको छ ।
