'सिया' र 'छेसाङ : द अनटोल्ड स्टोरी'लाई आइवर्ट

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

Ivert to 'Siya' and 'Chesang: The Untold Story'

काठमाडौँ — निर्देशक सरिता शाहको 'सिया' र रजिला श्रेष्ठको 'छेसाङ : द अनटोल्ड स्टोरी'ले आइवर्टमा विशेष पुरस्कार जितेको छ । रेडियो र टेलिभिजनमा आबद्ध पत्रकार महिलाहरुको संस्था 'आइएडब्लुआरटी-आइवर्ट (इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन)को नेपाल च्याप्टरले शनिबार 'पाँचौं लघु फिल्म प्रतियोगिता-२०२४' आयोजना गर्दै महिला फिल्मकर्मीहरुलाई पुरस्कार वितरण गरेको हो । 

पाँच वर्षदेखि आयोजना भइरहेको यो प्रतियोगितामा यो वर्ष ज्योत्सनासिंह ठकुरीको 'द कल'ले विजेता अवार्ड जितेको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बाले विजेतालाई अवार्ड प्रदान गरेका हुन् ।

कार्यक्रममा पाँच लघु फिल्म देखाइएको थियो । यो प्रतियोगिताको निर्णायकमा अनुपा श्रेष्ठ, रक्षासिंह राणा, अबीरल थापालगायत थिए ।

कार्यक्रममा सगरमाथा आरोही कल्पना महर्जनको 'यात्रा रकिङ'को पनि विशेष प्रदर्शन भयो । यो पटक निर्देशक सम्झना उप्रेती रौनियारलाई फिल्म क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा सम्मान प्रदान गरिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully