काठमाडौँ — अस्ट्रेलियामा आयोजित एसिया प्यासिफिक अवार्डमा नेपाली फिल्म 'शाम्बाला'ले 'युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड' जितेको छ । एसिया प्यासिक अस्करका रूपमा चर्चित यो अवार्डलाई फिल्मका निर्देशक मीन भामले उचालेका हुन् ।
विश्व प्रतिष्ठित फिल्म फेस्टिभल बर्लिनको प्रमुख प्रतिस्पर्धामा छनौट हुने पहिलो फिल्मको इतिहास रचेको यो फिल्मबाट यसअघि अभिनेत्री थिन्ले ल्हामोले अवार्ड जितेकी थिइन् ।
अभिनयतर्फ थिन्लेले लोकार्नोमा अवार्ड जितेकी हुन् । सकारात्मक समीक्षा पाएको यो फिल्म नेपालपछि अन्तर्राष्ट्रिय प्रदर्शनको संघारमा छ ।
फिल्ममा अभिनेत्री थिन्लेसँगै कर्मा, सोनम तोप्देनलगायतको अभिनय छ । फिल्ममा हराएको पतिको खोजीमा हिँडेकी पात्र पेमाको कथा छ, उनै पात्रको आरोह-अवरोहमाथि 'शाम्बाला'को कथा घुम्छ ।
