कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

‘मंगोलियन हार्ट’ ८ वर्षपछि हङकङमा

भाद्र २६, २०८१
‘मंगोलियन हार्ट’ ८ वर्षपछि हङकङमा

काठमाडौँ — सांगीतिक ब्यान्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि हङकङमा गुन्जिने भएको छ । अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई, आबुधाबीपछि उक्त ब्यान्डले हङकङको युन लोङ थिएटरमा भदौ ३० मा बृहत् कन्सर्ट गर्ने भएको हो । 

ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबी लामाले हङकङमा ८ वर्षपछि कन्सर्ट गर्ने मौका जुरेको बताउँदै भने, ‘८ वर्ष पहिले पनि हङकङका दर्शकको व्यापक माया पाएका थियौं, त्यो प्रेमिल माहोलको मौका फेरि जुरेको छ ।’

३२ वर्ष पुरानो ब्यान्डमा गायक राजु लामासहित रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । ‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ सैलुङ्गे मेला आदि मंगोलियन हार्टका लोकप्रिय गीतमा पर्छन् ।

कन्सर्टलाई नेपाली टच हङकङले आयोजना गर्न लागेको हो । कन्सर्टमा मंगोलियन हार्टसँगै नेपालबाट गायक धर्मेन्द्र सेवान, सन्तोष पुन र आस्मा विश्वकर्माले समेत प्रस्तुति दिने आयोजकले जनाएको छ ।

प्रकाशित : भाद्र २६, २०८१ ०६:२३
×