काठमाडौँ — गायक तथा संगीतकार सीडी विजय अधिकारीको नयाँ गीत ‘चरी’ सार्वजनिक भएको छ । गीत सीडी विजयको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
जीवनदास सुनारको शब्द रहेको गीतमा सीडी विजय आफैंले संगीत दिएका छन् । गीतको भिडियो भने प्रहिल कार्कीको निर्देशनमा तयार गरिएको छ । प्रेमकथामा आधारित भिडियोमा बिना राउत र कमल सिंहले अभिनय गरेका छन् ।
उत्तम हुमागाईंले खिचेको भिडियो माधव बेलबासेले सम्पादन गरेका हुन् । सन्तोष राजवाहकले कोरियोग्राफीको काम गरेका छन् । यसअघि सीडीले समीक्षा अधिकारीको स्वरमा ‘म चन्द्रमा हुँ’ गीत ल्याएका थिए । जीवनदासकै शब्द रहेको गीत निकै लोकप्रिय बनेको थियो ।
