बेइजिङमा ध्यानमग्न चिनियाँ तथा नेपाली

कार्यवाहक राजदूत रोशन खनालले सबैलाई नेपालको आध्यात्मिक वातावरण र शान्ति महसुस गर्नका लागि नेपाल भ्रमणको निम्तो दिइन्।

मंसिर २३, २०८२

लक्ष्मी लम्साल

Chinese and Nepalis focused on Beijing

बेइजिङ — अन्तर्राष्ट्रिय ध्यान दिवसको सन्दर्भमा चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ तथा नेपालीहरूका ध्यान तथा योग कक्षा आयोजना गरेको छ। ‘आत्मा र शरीरको जोड’ नाम दिइएको यो ध्यान कक्षामा नेपालबाट आएका गुरु अमर (योगी रमेश सिटौला) ले ध्यान, सिङ्गिङ बाउल र योगको अभ्यासमा सहभागीहरूलाई सामेल गराए।

कार्यवाहक राजदूत रोशन खनालले यस वर्ष नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव भएको स्मरण गराउँदै दुई देशबीचको सम्बन्ध पाँचौं शताब्दीको सुरुतिर भिक्षुहरू र विद्वानहरूको ज्ञान र सिकाइको आदानप्रदानबाट भएको बताइन्। भनिन्, 'शान्त वातावरणमा आयुर्वेद र स्पा उपचारको अनुभव गर्न काठमाडौँ र वरपरका होटल तथा रिसोर्टहरू, आयुर्वेद अस्पतालहरू, योग पदयात्राका अवसरहरू र योग र ध्यानका लागि नेपालमा थुप्रै स्थानहरू छन्। नेपालमा योगले परम्परागत योगाभ्यासीहरूलाई कल्याणको लागि आधुनिक दृष्टिकोण र आध्यात्मिकताले भरिएको समग्र वातावरण दिनसक्नेछ।’ उनले सबैलाई नेपालको आध्यात्मिक वातावरण र शान्ति महसुस गर्नका लागि नेपाल भ्रमणको निम्तो दिइन्।

कार्यक्रममा नेपाली तथा चिनियाँ संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए। गुरु अमरले सहभागीहरूलाई ध्वनिपात्रको माध्यमबाट अभ्यासीहरूलाई हिलिङ गरेका थिए। विश्व स्वास्थ्य संगठनले ध्यान र यसको फाइदाहरूबारे जागरूकता जगाउन गत वर्ष सन् २०२४ देखि डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा मनाउन थालेको हो।

लक्ष्मी

Link copied successfully