अमेरिकाका कोलम्बस र ह्यारिसवर्गमा सामूहिक देउसी भैलो 

सयौंको संख्यामा उपस्थित नेपाली जातिका स्थानीयवासीहरुसँगै अमेरिकी राज्य सांसद र स्थानीय जनप्रतिनिधिसमेत देउसी भैलो कार्यक्रममा रमाएका थिए ।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

Mass protests in Columbus and Harrisburg, USA

न्यूयोर्क —  तिहार पर्वको अवसरमा नेपालीहरुको बाक्लो बसोबास रहेका अमेरिकाका दुई शहरहरु ओहायोको कोलम्बस र पेन्सिलभेनियाको ह्यारिसवर्गमा काग तिहारको अधिल्लो दिन सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न भएका छन् ।

सयौंको संख्यामा उपस्थित नेपाली जातिका स्थानीयवासीहरुसँगै अमेरिकी राज्य सांसद र स्थानीय जनप्रतिनिधिसमेत देउसी भैलो कार्यक्रममा रमाएका थिए ।

Mass protests in Columbus and Harrisburg, USA

नेपाली संस्कृतिको क्षेत्रमा क्रियाशील परोपकारी संस्था इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा अमेरिकामै जन्मे हुर्केका नेपालीका बालबालिका, किशोर किशोरी, युवा युवती र नेपाल, भुटान एवं भारतका विभिन्न भागमा जन्मेर अमेरिकामा स्थायी बसोवास गरिरहेका नेपालीहरुले सामूहिक देउसी खेलेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully