पेरिसमा कुमारीको रथ र लाखे नृत्यसहित नेपाली मेला [तस्बिरहरु]

जेष्ठ २५, २०८२

ददि सापकोटा

Nepali Fair in Paris with Kumari's Chariot and Lakhe Dance [Photos]

पेरिस — नेपालका विभिन्न जनजातिको भेषभूषा तथा संस्कृति झल्काउने नृत्य प्रदर्शन र विभिन्न नेपाली परिकारसहित पेरिसमा २० औँ नेपाली मेला सुरु भएको छ ।

पेरिसको ब्वा द भाँसेन पार्कस्थित बुद्धको विशाल मूर्ति रहेको पार्कमा नेपाली सांस्कृतिक गृहले नेपालको प्रचारप्रसार गर्न यो मेला आयोजना गरेको हो । शनिबारदेखि दुई दिनसम्म चल्ने मेलामा सयौँ फ्रान्सेली लगायत नेपाली सहभागी भएका छन् ।

Nepali Fair in Paris with Kumari's Chariot and Lakhe Dance [Photos]

काठमाडौं उपत्यकाको मौलिक पर्व कुमारीको रथका साथै लाखे नाचले नेपाली र फ्रान्सेलीलाई विशेष आकर्षण गर्‍यो । मम, पानी रोटी, दालभात, सेलरोटी, चनाचटपटे, पकाउडा, लड्डु, पानीपुरी, अचार लगायतका नेपाली परिकारले नेपालको यात्रा सम्झाएको फ्रान्सेलीहरूले बताए ।  

Nepali Fair in Paris with Kumari's Chariot and Lakhe Dance [Photos]

नेपालका विविध क्षेत्रको प्रवर्द्धन र पर्यटनको प्रचार गर्न नेपालबारे विशेष विज्ञाता हासिल गरेका फ्रान्सेली र नेपालीले तामाङ संस्कृति, रोल्वालिङ क्षेत्र, नेपालको भूकम्पीय जोखिम, न्यूआर संस्कृति र समुदायलगायत आधा दर्जनभन्दा बढी विषयमा प्रस्तुति गरेका थिए । 

Nepali Fair in Paris with Kumari's Chariot and Lakhe Dance [Photos]

डोको, खर्पन, डालो, ढिकी, चर्खे पिङ, नेपालको खाद्य सामग्री लगायत नेपालका हस्तकलाका सामग्री प्रदर्शन र बिक्री गरिएको थियो । 'भित्र झ्वाट्ट पस्दा त मलाई नेपालको कुनै गाउँ पसेजस्तो अनुभव भयो' सात पटक नेपालको भ्रमण गरेका फ्रान्सेली पत्रकार माथ्यु आलेख्जेन्डरले कान्तिपुरसित भने ।

Nepali Fair in Paris with Kumari's Chariot and Lakhe Dance [Photos]

तामाङ सेलो, झ्याउरे, लोक गीतलगायतका दर्जनौँ गीतमा देखाइएको नृत्यले फ्रान्सेलीहरूलाई विशेष आकर्षण गरेको थियो । साँझ सुकर्म सांगितिक समूहले सांगितिक साँझ आयोजना गरेको थियो ।

Nepali Fair in Paris with Kumari's Chariot and Lakhe Dance [Photos]

नेपाली मेलाको उद्घाटन गर्दै पेरिसस्थित नेपाली राजदूत सुधीर भट्टराईले नेपालमा १४२ जनजाति समुदाय रहेको र १२४ भाषा बोलिने भएकाले पर्यटकहरूका लागि विश्वमै एक आकर्षण थलोका रूपमा रहेको भन्दै फ्रान्सेलीहरूलाई नेपाल घुम्न निम्ता गरे । उनले नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक विविधता र नेपालीले गर्ने अतिथि सत्कार विश्वकै अब्बल र अनुपम रहेको उल्लेख गरे । 

Nepali Fair in Paris with Kumari's Chariot and Lakhe Dance [Photos]

नेपाल, नेपाली संस्कृति र सम्पदालाई प्रचारप्रसार गर्न र आफ्नो संस्कृति यहाँ जन्मेहुर्केका बालबालिकामा पुस्तान्तरण गर्न पनि यो मेला आयोजना गरिएको नेपाली सांस्कृतिक गृहका अध्यक्ष नन्दकुमार थेबेले कान्तिपुरलाई बताए । मेला आइतबार साँझसम्म चल्ने छ । 

Nepali Fair in Paris with Kumari's Chariot and Lakhe Dance [Photos]

Nepali Fair in Paris with Kumari's Chariot and Lakhe Dance [Photos]

Nepali Fair in Paris with Kumari's Chariot and Lakhe Dance [Photos]

Nepali Fair in Paris with Kumari's Chariot and Lakhe Dance [Photos]

ददि

Link copied successfully