बग्दादमा राहदानी शिविर

जेष्ठ २४, २०८२

कान्तिपुर संवाददाता

Passport camp in Baghdad

काठमाडौँ — नेपाली दूतावासले इराकको राजधानी बग्दादस्थित जादुयामा चार दिने राहदानी शिविर आयोजना गरेको छ । शिविरमा ४७ जना नेपालीको राहदानी नवीकरण गरिएको थियो । राहदानीको म्याद समाप्त भएकालाई नेपाल फर्कनको यात्रा अनुमति जारी गरिएको थियो ।

इराकको मामिला हेर्ने कुवेतस्थित नेपाली दूतावासले शिविरका लागि प्रथम सचिव प्रेमराज गौतम र तृतीय सचिव नविन पराजुलीलाई बग्दाद पठाइएको थियो । 

गैरआवासीय नेपाली संघ, इराकको समन्वयमा राहदानी शिविर आयोजना गरिएको थियो । एनआरएनए इराकले राहदानी शिविरका लागि दूतावासबाट टोली पठाइदिएकोप्रति परराष्ट्रमन्त्री आरजु राणा देउवा, राजदूत घनश्याम लम्सालप्रति आभार व्यक्त गरेको छ ।

कान्तिपुर

Link copied successfully