पेनाङमा राहदानी र कन्सुलर शिविर

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Passport and Consular Camp in Penang

काठमाडौँ — मलेसियास्थित नेपाली दूतावासले पेनाङमा जेठ २४ र २५ गते राहदानी र  कन्सुलर शिविर गर्ने भएको छ । दूतावासले राहदानी नवीकरण गर्नका लागि अग्रिम रुपमा राहदानीको आवेदन फारम भर्न अनुरोध गरेको छ ।

दूतावासले शिविरमा राहदानी नवीकरण, राहदानी संकलन र श्रमसम्बन्धी समस्या सुनुवाइ हुने जनाएको छ ।  पुरानो राहदानी नवीकरण गर्न २४० रिंगिट र हराएको, नासिएको, च्यातिएको राहदानी नवीकरण गर्न ३६० रिंगिट शुल्क लाग्ने दूतावासले जनाएको छ ।

पेनाङबाट क्वालालम्पुरस्थित नेपाली दूतावास करिब ३ सय ५० किलोमिटर टाढा छ । दूतावासले पेनाङ क्षेत्रमा काम गर्ने नेपाली श्रमिकलाई राहदानी र श्रमसम्बन्धी समस्या सुनुवाइ गर्न पेनाङमा घुम्ती शिविर आयोजना गरिएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully