एनआरएनए दक्षिण अस्ट्रेलिया संयोजकमा खरेलको उम्मेदवारी घोषणा

जेष्ठ १७, २०८२

कान्तिपुर संवाददाता

Announcement of Kharel's candidacy for NRNA South Australia Coordinator

काठमाडौँ — गैरआवासीय नेपालीहरुको संस्कृति संरक्षण र प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाउँदै देवेन्द्र खरेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अस्ट्रेलियाको संयोजक पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन् ।

सन् २०२५–२०२७ कार्यकालका लागि २६ जुलाईमा मतदान हुँदै छ । उम्मेदवारी घोषणा गर्दै खरेलले आफ्नो प्राथमिकता एनआरएन समुदायभित्र नेपाली भाषा, कला, रीतिरिवाज र मौलिक पहिचानलाई जीवित राख्ने रहेको बताएका छन् । ‘संस्कृति हाम्रो असली पहिचान हो । नयाँ पुस्ताले हाम्रो भाषा बिर्संदै छन्, संस्कारबाट टाढिँदै छन्,’ खरेलले भने, ‘एनआरएनए नेपालबाट भर्खर आएकाको मात्र संस्था कदापि हुनु हुँदैन । एनआरएनए हाम्रा दोस्रो–तेस्रो पुस्ताको पनि अभिभावक हुनुपर्छ । त्यसका लागि नयाँ पुस्तालाई हामीले हाम्रो नेपाली संस्कृतिको पहिचान गराइरहनुपर्छ ।’ 

रजिस्टर्ड नर्स पेसाका खरेल २०२१ देखि एनआरएनए दक्षिण अस्ट्रेलियामा पब्लिक अफिसरका रुपमा सक्रिय छन् । नेपाली पाठशाला एडिलेडका उपाध्यक्ष समेत रहेका उनीसँग सांस्कृतिक संरक्षण, शिक्षा, मानसिक स्वास्थ्य र संस्थागत सहकार्यका क्षेत्रमा समेत काम गरेको अनुभव छ ।

कान्तिपुर संवाददाता

Link copied successfully