कान्तिपुरकर्मी गुरुङलाई तमुधीं यूकेको सम्मान

जेष्ठ ३, २०८२

कान्तिपुर संवाददाता

Kantipurkarmi Gurung honored by Tamudhi UK

लन्डन — तमू धीं यूकेले बेलायतमा कान्तिपुर लमजुङ संवाददाता आश गुरुङलाई सम्मान गरेको छ । मिचेटस्थित तमुधीं भवनमा शनिबार आयोजित एक कार्यक्रममा गुरुङलाई सम्मान गरेको हो ।

तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङले क्रेगी (फेटा) बाँधिदिनुका साथै खादा लगाएर सम्मानपत्र प्रदान गरेका थिए । गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याएको भन्दै संवाददाता गुरुङलाई सम्मान गरेको तमुधीं यूकेका महासचिव डा. विशाल गुरुङले बताए ।

यस्तै, लमजुङ सदरमुकाम बेंसीसहरस्थित भूपू सैनिक आवासीय माविका प्रिन्सीपल विनोद गुरुङ, नेपालबाट बेलायत पुगेका कलाकारहरु शितल गुरुङ, विमला गुरुङ, विमल परियार, तिलकबहादुर गुरुङलगायतलाई पनि सम्मान गरिएको थियो ।

तमुधीं यूकेले आयोजना गरेको सम्मान कार्यक्रममा संस्थाका ट्रष्टिजहरु,संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, संस्थालाई विभिन्न समय योगदान गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरिएको उपाध्यक्ष दिलमाया गुरुङले बताइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully