काठमाडौँ — गैरआवासीय नेपाली सोसल क्लबको अध्यक्षमा सुरेश खड्का निर्वाचित भएका छन् ।
ओमानको राजधानी मस्कटमा सम्पन्न आठौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नेपाली समुदायको परोपकारी कार्यको लागि ओमानले गैरआवासीय नेपाली सोसल क्लबलाई मान्यता दिएको छ । ओमानमा कार्यरत हरेक देशको समुदायको लागि एउटा क्लबलाई मात्रै मान्यता दिन्छ ।
क्लबको उपाध्यक्षहरुमा रविन शिल्पकार, लक्ष्मी कोइराला, गोपाल कुवँर र सुवास काफ्ले निर्वाचित भएका छन् । महासचिव विनोद श्रेष्ठ, सचिव क्रमशः काशिराम सुनार, केशव थापा, डा. कमल अर्याल र विनोद दास रहेका छन् ।
कोषाध्यक्ष गितादेवी धिताल, सह–कोषाध्यक्ष महेन्द्र तिवारी, प्रवक्ता राजेश महर्जन, महिला संयोजक मिरा नेपाली, युवा संयोजक सुरज चित्रकार रहेका छन् । सदस्यहरु डा. अनिलकुमार रजक, सुवास पाठक, डा. सहदेव विडारी, डा. सङ्दु शेर्पा, श्याम भट्टराई, प्रियांक काफ्ले खतिवडा, देवान खड्का, लक्ष्मण श्रेष्ठ, वासुदेव गुरुङ, आशिष घर्ती मगर, सुशिलकुमार शाह, धनबहादुर शिवा र नन्दलाल खनाल रहेका छन् ।
निर्वाचिन समितिका सदस्य दीपक श्रेष्ठका अनुसार ओमानको नियमअनुसार मार्च महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यकारी छ ।
महाधिवेशनको उद्घाटन गर्दै ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमानमा नेपाली समुदायको हितको लागि एनआरएनसँगको समन्वय प्रभावकारी भएको बताए ।
गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष डिबी क्षेत्रीले निर्वाचित कार्यसमितिलाई शपथ खुवाउँदै महाधिवेशनबाट पारित घोषणापत्रको प्रभावकारी कार्यान्वयन गर्न शुभकामना दिएका थिए ।
महाधिवेशनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ओमानमा रहेका नेपालीलाई नियमित योगदान गर्न अभियान चाल्नुको साथै नीतिगत सुधार गर्ने, योगदानकर्ताको आमाबुवाको स्वास्थ्य बिमा आबद्ध गर्नुपर्ने, घरेलु श्रमिकलाई नियमनभित्र ल्याउन पहल गर्ने, पाइपलाइनमा रहेको ओमान र नेपालबीचको श्रम सम्झौता गराउन भूमिका खेल्ने लगायतको घोषणपत्र जारी गरेको छ ।
