भारतमा रहेका नेपालीहरुलाई संक्रमणबाट जोगिन सावधानी अपनाउन अपिल

वैशाख १४, २०७८

कान्तिपुर संवाददाता

नयाँदिल्ली — नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरुलाई कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै सावधानी अपनाउन अपिल गरेको छ । 

भारतका विभिन्न राज्यहरुमा महामारीको संक्रमण अत्यधिकरुपमा बढिरहेकाले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाड र भेटघाटमा सामाजिक दूरी अपनाउन समेत आग्रह गरेको छ । 

त्यसैगरी आपतकालीन अवस्थामा वा स्वास्थ्य अवस्था गम्भीर भएमा सहयोग एवं सहजीकरणका लागि सम्पर्क गर्न पनि दूतावासको हटलाइलाइन र इमेलमार्फत सम्पर्क गर्न पनि सूचनामा भनिएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully