१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बहराइनमा कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या

काठमाडौँ — बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा बिहीबार आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले उपचार भइरहेका बेला आत्महत्या गरेका हुन् । उनी एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत थिए ।

बहराइनमा कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले आत्महत्याको पुष्टि गरेका छन् । ‘क्वारेन्टाइनभित्रको बाथरुममा झुन्डिएर उनले आत्महत्या गरेका हुन्’, राजदूत सुन्दासले भने ।

राजदूत सुन्दासले बहराइनमा कोरोना संक्रमितको गुणस्तरीय उपचार भइरहेको जानकारी दिँदै नेपाली समुदायलाई नअत्तालिन आग्रह गरेका छन् । ‘अहिलेसम्म ३ सय ३१ जना नेपालीलाई पोजिटिभ देखिएको हो । त्यसमा धेरैजसो निको पनि भइसकेका छन्,’ उनले भने ।

बहराइनमा अहिलेसम्म १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बहराइनमा कोरोना संक्रमितमध्ये १५ जनाको मृत्यु भएको छ । जसमा १४ जना बहराइन र एक जना भारतका नागरिक रहेका छन् ।संक्रमण पुष्टि भएकामध्ये ५ हजार ४ सय १९ जना निको भएका छन् । कोरोना महामारी देखिएयता भने अन्य दुई जनाले छतबाट हामफालेर आत्महत्या गरेका छन् । उनीहरुको परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?