कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बहराइनमा थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण

होम कार्की

काठमाडौँ — बहराइनमा कोरोना भाइरसबाट थप १० नेपाली संक्रमित भएका छन् । योसँगै बहराइनमा मात्रै भाइरसबाट संक्रमित नेपालीको संख्या २२ पुगेको छ ।

बहराइनमा थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण

मनामास्थित नेपाली दूतावासका अनुसार क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखिएको हो । राजदूत पदम सुन्दासले केही समय अगाडि सल्मावाद स्थित एक क्याम्पमा एक जना विदेशी कामदारमा संक्रमण देखिएपश्चात त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएकोमा हाल १० नेपालीमा संक्रमणको पुष्टि भएको बताए ।

यसअघि त्यस क्याम्पमा भएका ९ नेपालीलाई कोरोनाको संक्रमण भएको देखिएको थियो । ३ जना भने अन्य क्याम्पमा बस्ने नेपाली थिए । राजदूत सुन्दासका अनुसार उनीहरूको स्वास्थ्य अवस्था स्थिर छ ।

बुधबारसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । संक्रमित ३ सय ४९ जनाको उपचार जारी छ । ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । ४ सय ६७ जनालाई निको भइसकेको छ ।

दूतावासले ७ अप्रिलदेखि डिसेम्बर ३१ सम्म अवैधानिक कामदारलाई स्वदेश फिर्नका लागि आममाफी दिएको जनाएको छ ।

प्रकाशित : चैत्र २७, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?