नेप्से ३३ अंकले घट्यो, ६ अर्बको सेयर किनबेच  

अघिल्ला दुई कारोबार दिन लगातार बढेको नेप्सेमा सोमबार उच्च अंकको गिरावट आएको हो ।

श्रावण ११, २०८३

कान्तिपुर संवाददाता

NEPSE drops by 33 points, shares worth 6 billion traded

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३३.२८ अंकले  घटेको छ । अघिल्ला दुई कारोबार दिन लगातार बढेको नेप्सेमा सोमबार उच्च अंकको गिरावट आएको हो । गत शुक्रबारको तुलनामा १.२१ प्रतिशतले घट्दा समग्र नेप्से २ हजार ७ सय १.३२ अंकमा ओर्लेको हो ।

सोमबार कारोबारमा आएकामध्ये ३६ कम्पनीको सेयर मूल्य बढ्यो भने २३४ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ६९ हजार ८ सय ३ पटकको कारोबारमा १ करोड ३९ लाख २५ हजार ३ सय ३७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य घटेको हो । गत शुक्रबार ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ र सामुहिक लगानी कोष बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकले घट्न दबाब पुगेको हो ।

कान्तिपुर

Link copied successfully