नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा ५ हजार ८ सय र चाँदी १ सय ५५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ५ सय र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ३ सय ५० निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३ सय र त्यति नै परिमाणको सेतो धातु ४ हजार ५ सय ५ मा कारोबार भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ४ सय ८० निर्धारण भएको थियो । गत मंगलबार प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ६ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
