बुधबारको तुलनामा ०.५२ प्रतिशतले बढेर समग्र नेप्से २७२६.७२ अंकमा उक्लेको हो
काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार १४.१७ अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको नेप्से बिहीबार सवा १४ अंकले बढेको हो । बुधबारको तुलनामा ०.५२ प्रतिशतले बढेर समग्र नेप्से २७२६.७२ अंकमा उक्लेको हो ।
बिहीबार कारोबारमा आएकामध्ये १५३ कम्पनीको सेयर मूल्य बढ्यो भने १११ कम्पनीको घट्यो । तर, उक्त दिन १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बिहीबार कुल ५७ हजार ७ सय ८२ पटकको कारोबारमा १ करोड ७२ हजार २ सय २२ कित्ता सेयर किनबेच भए । किनबेचमा ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । बुधबार ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आका १३ उपसमूहमध्ये लगानी र अन्य बाहेक सबैको परिसूचक बढे । तर, लगानी उपसमूहको परिसूचक ०.४२ र अन्यको ०.०८ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
