६ दिन लगातार बढेको नेप्से १३.९५ अंकले घट्यो

बुधबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्यो भने १९३ कम्पनीको घट्यो । तर आज ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

श्रावण ६, २०८३

कान्तिपुर संवाददाता

NEPSE drops by 13.95 points after rising for six consecutive days

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १३.९५ अंकले घटेको छ । अघिल्ला ६ कारोबार दिनलगातार बढेको नेप्से बुधबार भने दोहोरो अंकले घटेको हो । अघिल्ला दिनको तुलनामा ०.५१ प्रतिशत घटेर समग्र नेप्से २ हजार ७ सय १२.५४ अंकमा ओर्लेर बन्द भएको छ ।

बुधबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्यो भने १९३ कम्पनीको घट्यो । तर, सो दिन ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सो दिन कुल ५६ हजार ९४ पटकको कारोबारमा १ करोड १३ लाख ६२ हजार ४ सय ६५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । मंगलबार ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

कान्तिपुर

Link copied successfully