एक हजार २५० मेट्रिक टन डिएपी मल सोमबार नेपाल आइपुग्ने

‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक टन डिएपी मल भारतको कोलकाता बन्दरगाहमा १० जुलाइमा आइपुगेको थियो

श्रावण ३, २०८३

रासस

1,250 metric tons of DAP fertilizer to arrive in Nepal on Monday

काठमाडौं — कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिक टन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ । 

‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक टन डिएपी मल भारतको कोलकाता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो । उक्त मलमध्ये एक हजार २५० मेट्रिक टन १ साउनमा नेपालतर्फ ढुवानी सुरु भएको थियो ।बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) भइरहेको जनाइएको छ । 

प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रने कृषि वन तथा पर्यावरणमन्त्रीको सचिवालयले जनाएको छ । मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ ।

रासस

Link copied successfully