लगातार ४ दिन घटेको सेयर बजारमा सामान्य सुधार, ६ अंकले बढ्यो नेप्से

मंगलबारको सुधारलाई लगानीकर्ताले करेन्सन (धेरै दिन घटेको बजारले दिशा परिवर्तन गरेको) रुपमा विश्लेषण गरेका छन् ।

असार ३०, २०८३

कान्तिपुर संवाददाता

General improvement in the stock market, which fell for 4 consecutive days, NEPSE rose by 6 points

काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ६.११ अंकले बढेको छ । अघिल्ला चार कारोबार दिन लगातार घटेको नेप्सेमा मंगलबार एकल अंकको सुधार भएको हो ।

मंगलबारको सुधारलाई लगानीकर्ताले करेन्सन (धेरै दिन घटेको बजारले दिशा परिवर्तन गरेको) रुपमा विश्लेषण गरेका छन् । सेयर बजारमा पहिलो एक घण्टा नेप्से परिसूचक उच्च अंकले घटेको थियो । त्यसपछि बजार सम्हालियो र उकालो लाग्न थाल्यो । 

करिब १२:४५ बजे नेप्से आज (इन्ट्रा डे) सबैभन्दा उच्च २५८४ अंकमा पुगेको थियो । त्यसपछि वृद्धिदर घट्न थाल्यो । जसअनुसार बजार बन्द हुँदा नेप्से करिब सवा ६ अंकले घटेर २५७६.२९ मा उक्लेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो ०.२३ प्रतिशतले बढेको हो ।

मंगलबार कारोबारमा आएकामध्ये १६४ कम्पनीको सेयर मूल्य बढ्यो भने १०१ कम्पनीको घट्यो । तर उक्त दिन १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

मंगलबार कुल ५३ हजार ८५४ पटकको कारोबारमा १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम, कारोबार सेयर संख्या र कारोबार पटकलगायत सूचक बढेका छन् । सोमबार कुल ५१ हजार २९५ पटकको कारोबारमा ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्सेमा करिब ६ अंकले सुधारिएको हो । तर, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१८ प्रतिशतले घटेको छ ।

कान्तिपुर

Link copied successfully