नेपाल आयल निगम लिमिटेडले मंगलबार विज्ञप्ति जारी गर्दै ३१ असार २०८३ देखि साविककै १४.२ केजि ग्यास भर्ने जनाएको हो ।
काठमाडौं — उपभोक्ताले भोलि बुधबारदेखि भरी सिलिण्डर ग्यास पाउने भएका छन् । नेपाल आयल निगम लिमिटेडले मंगलबार विज्ञप्ति जारी गर्दै ३१ असार २०८३ देखि साविककै १४.२ केजी ग्यास भर्ने जनाएको हो ।
अमेरिका, इजराइल-इरान युद्धका कारण ग्यास आपूर्तिमा भएको असहज अवस्थाका कारण नेपाल आयल निगमले २९ फागुन २०८२ देखि आधा सिलिण्डर ग्यास (७.१ केजी) को नीति लिएको थियो ।
निगमका अनुसार केही समयको लागि ७.१ केजीको सिलिण्डर पूर्णरुपमा प्रतिस्थापन नहुँदासम्म बजारमा दुवै तौलका सिलिण्डर बिक्री वितरण हुन सक्ने भएकाले सोही अनुसार तौल र मूल्य यकिन गरेर मात्र ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
