नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९.६७ अंकले ओरालो लागेर २६०१.९२ को विन्दुमा पुगेको हो ।
काठमाडौं — धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९.६७ अंकले ओरालो लागेर २६०१.९२ को विन्दुमा पुगेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 2.४९ अंकले ओरालो लागेर ४५४.१९ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक १.२१ अंकले घटेर १७८.६८ मा पुगेको छ । साथै सेन्सेटिभ फ्लोट सूचक भने 0.९२ अंकले घटेर १५३.६७ मा पुगेको छ ।
बिहीबार विभिन्न कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ मूल्यमा खरिद बिक्री भएको छ । १३ वटै उपसमूह घटेका छन् । ४२ कम्पनीको सेयर मूल्य बढ्यो भने २२९ कम्पनीको सेयर घटेको छ ।
नेप्सेका अनुसार उपकार लघुवित्त वित्तीय संस्था, स्नो रिभर लिमिटेड र कुमारी सबल योजनाका लगानीकर्ताले बिहीबार कमाएका छन् भने विओके डिबेञ्चर, सल्पा विकास बैंक, थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
