नेप्सेमा ३० अंकको गिरावट, साढे ४ अर्बको सेयर किनबेच

बुधबार कारोबारमा आएकामध्ये २५ कम्पनीको सेयर मूल्य बढ्यो भने २४७ कम्पनीको घट्यो। तर, सो दिन ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

असार २४, २०८३

कान्तिपुर संवाददाता

NEPSE drops 30 points, shares worth 4.5 billion are traded

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३०.०९ अंकले घटेको छ। मंगलबार २४.५७ अंकले बढेको नेप्से बुधबार उच्च अंकले घटेको हो। मंगलबारको तुलनामा १.१३ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय २१.५९ अंकमा ओर्लिएर बन्द भएको हो।

बुधबार कारोबारमा आएकामध्ये २५ कम्पनीको सेयर मूल्य बढ्यो भने २४७ कम्पनीको घट्यो। तर, सो दिन ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

सो दिन कुल ७७ हजार ६ सय २७ पटकको कारोबारमा ८४ लाख ६३ हजार १५ कित्ता सेयर किनबेच भए। ती किनबेचमा ४ अर्ब ८२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो। मंगलबार सेयर बजारमा ४ अर्ब ४० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट भएको हो। तर, सामूहिक लगानी कोषको परिसूचक ०.११ प्रतिशतले सकारात्मक रहेको छ।

कान्तिपुर

Link copied successfully