अर्थमन्त्री वाग्ले र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता

अर्थमन्त्री वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए ।

असार २२, २०८३

कान्तिपुर संवाददाता

Finance Minister Wagle meets with ADB President Kanda

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा अर्थमन्त्री वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे ।

अर्थमन्त्री वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए ।

एडीबी अध्यक्ष कान्डाले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री शाहले पहिलो पटक कुनै विदेशी अधिकारीलाई एक्लाएक्लै भेट दिन लागेका हुन् । 

कान्तिपुर

Link copied successfully