अर्थमन्त्री भन्छन्- ‘मुलुकलाई एफएटीएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध’

राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालले सम्बोधन गर्नुपर्ने सबै विषयलाई कार्यतालिकासहित प्रभावकारी अगाडि बढाउने बताएका छन् ।

असार २०, २०८३

रासस

Finance Minister says - 'Government committed to removing the country from FATA's 'Grey List''

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क फोर्स (एफएटीए) को ‘ग्रे लिस्ट’बाट हटाउन प्रतिबद्धताका साथ लागेको बताउनुभएको छ । 

राष्ट्रिय सभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्दै उनले मुलुकलाई उक्त सूचीबाट बाहिर निकाल्नका लागि सबैको पूर्ण सहयोग आवश्यक भएको बताए । उनले सो सम्बन्धमा नेपालले सम्बोधन गर्नुपर्ने सबै विषयलाई कार्यतालिकासहित प्रभावकारी अगाडि बढाउने समेत उल्लेख गरे ।

एफएटीएले दिएका सुझाव कार्यान्वयन नभएको अवस्थामा नेपाल कालो सूचीमा पर्ने सम्भावना रहेकाले यसको गम्भीर्यलाई ख्याल गरी सहयोग गरिदिन अर्थमन्त्री वाग्लेले आग्रह गरे । वर्तमान सरकार गठन भएपछि एफएटिएले दिएका सुझावलाई पूर्ण रुपमा कार्यान्वयन गराउन आफूहरु लागिपरेको उनको कथन थियो ।

नेपाल २०८१ साल फागुनदेखि ‘ग्रे लिस्ट’मा छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको सो प्रस्तावलाई सभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । 

त्यसअघि बैठकमा सांसदहरुले सम्पत्ति शुद्धीकरणका विषयमा थप प्रष्ट व्याख्यासहित विधेयकका विभिन्न व्यवस्थालाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिएका थिए । विधेयकलाई स्म्बन्धित समितिमा पठाएर छलफल गरी सबैको साझा मत बनाउनुपर्ने उनीहरुको भनाइ थियो । सुरेश आलेमगर, रामकुमारी झाँक्री, विष्णुकुमारी सापकोटा, रोशनी मेचे, सोमनाथ पोर्तेलले धारणा राखेका थिए ।

रासस

Link copied successfully