सुन तोलामा ७ हजार २ सयले बढ्यो

स्थानीय बजारमा आज चाँदी पनि तोलाको १६५ रुपैयाँले बढेको छ।

असार १९, २०८३

रासस

Gold increases by 7,200 tola

काठमाडौँ — स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा ७ हजार २ सय र चाँदी १६५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला २ लाख ९० हजार ७ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ६१५ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुुन प्रतितोला २ लाख ८३ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४५० कायम भएको थियो ।

रासस

Link copied successfully