नेप्से परिसूचक ८.३० अंकले घट्यो

सेयर बजारमा गिरावट आए पनि सनिगाड, स्नो रिभर्स, कलंगा हाइड्रो लगायतका कम्पनीको सेयर मूल्य दोहोरो अंकले बढेको छ।

असार १९, २०८३

कान्तिपुर संवाददाता

NEPSE index drops by 8.30 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अंकले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावटपछि समग्र नेप्से २ हजार ६ सय ५३ दशमलव ४० विन्दुमा ओ‌र्लिएको छ । 

कारोबारमा आएका मध्ये १०३ कम्पनीको सेयर मूल्य बढ्यो, १६० कम्पनीको मूल्य घट्यो र १४ कम्पनीको मूल्य स्थिर रह्यो । 

सनिगाड हाइड्रोको १५, स्नो रिभर्स लिमिटेडको १४.९९,  कलंगा हाइड्रो लिमिटेडको १४.९८,  नेपाल फाइनान्सको १४.९२ र  खानीखोला हाइड्रोपावरको ११.६३ प्रतिशतले मूल्य बढ्यो । 

माथिल्लो लाहोर खोला हाइड्रोपावरको १३.६५,  धौलागिरि लघुवित्तको ११.२१, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ४.९७,  सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४.७५, युनिभर्सल पावर कम्पनीको ४.७२ कम्पनीको सेयर मूल्य घट्यो । 

कुल ४६ हजार २३४ पटकको सेयर किनबेचमा ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ सेयर कारोबार भएको छ । ती किनबेचमा ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर किनबेच भए । 

कान्तिपुर

Link copied successfully