बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेमा वृद्धि भएको हो ।
काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ४४.५९ अंकले बढेको छ । अघिल्ला ७ दिन लगातार घटेको नेप्सेमा बुधबार उच्च अंकको वृद्धि भएको हो ।
अघिल्लो दिनको तुलनामा बुधबार १.७० प्रतिशतले बढ्दा समग्र नेप्से २ हजार ६ सय ५२.९३ अंकमा पुगेर बन्द भएको छ ।
बुधबार कारोबारमा आएकामध्ये २५२ कम्पनीको सेयर मूल्य बढ्यो भने १७ कम्पनीको घट्यो । तर, सो दिन ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बुधबार कुल ५६ हजार ८ सय ५० पटकको कारोबारमा ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर किनबेच भए । किनबेचमा ३ अर्ब ८६ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । मंगलबार सेयर बजारमा ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेमा उच्च अंकको वृद्धि भएको हो ।
