शुक्रबारको तुलनामा सुन तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा सुन तोलामा ४ हजार ७ सय र चाँदी १४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन २ लाख ८३ हजार ८ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ३२५ कायम भएको छ । शुक्रबार एक तोला सुन २ लाख ७९ हजार १ सय र चाँदी ४ हजार १८० मा कारोबार भएको थियो ।
