सेयर बजारको गिरावट थामिएन, नेप्से २७ सयमुनि  

बजार निरन्तर घटिरहँदा मंगलबार नेप्से २७ सय भन्दा तल ओर्लेको छ । यो पछिल्लो साढे दुई महिनायताकै न्यून हो ।

असार १०, २०८३

कान्तिपुर संवाददाता

Stock market decline continues, NEPSE falls below 2700

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १४.४५ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ६०.०२ अंकमा ओर्लेको छ । पछिल्ला केही दिनदेखि सुस्ताएको सेयर बजारमा बुधबार पनि सोही प्रवृति पछ्याएको हो ।

बजार निरन्तर घटिरहँदा मंगलबार नेप्से २७ सय भन्दा तल ओर्लेको छ । यो पछिल्लो साढे दुई महिनायताकै न्यून हो । यसअघि २२ चैत २०८२ मा नेप्से २ हजार ६ सय ७६.६८ अंकमा थियो । त्यसयता नेप्से बढेर २ हजार ८ सय ६६ अंकमा पुगे पनि पुनः घटेर २७ देखि २८ सयबीचमा रहिरहेको थियो ।

बुधबार कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको घट्यो र १० वटाको स्थिर रह्यो ।

सो दिन कुल ७२ हजार ९ सय १७ पटकको सेयर किनबेचमा १ करोड ७ लाख ७७ हजार ५ सय ८२ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ४ अर्ब ४१ अर्ब ४६ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । मंगलबार ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये वित्त कम्पनी र व्यापार बाहेक बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

कान्तिपुर

Link copied successfully