नेप्से परिसूचक २६.१६ अंकले घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३१ अंकले ओरालो लागेर ४६१.४८ मा सीमित भएको छ ।

असार ९, २०८३

रासस

NEPSE index drops by 26.16 points

काठमाडौं — धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.१६ अंकले ओरालो लागेर २ हजार ६७४.४८ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३१ अंकले ओरालो लागेर ४६१.४८ मा सीमित भएको छ ।

कूल ३५३ कम्पनीको १ करोड ४० हजार १६४ कित्ता सेयर ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएकामध्ये आज २२ कम्पनीको मात्रै सेयर मूल्य वृद्धि भएको छ । नेप्सेका अनुसार, २३९ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ११ कम्पनीको भने कुनै परिवर्तन भएन ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सोपान फर्मास्यूटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट र बुङ्गल हाइड्रोपावर शीर्ष स्थानमा छन् ।

मंगलबारको कारोबारमा टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्टग्रोथ स्किम तेस्रो र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले कमाएका छन् । बुङ्गल हाइड्रो, अपोलो हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोका शेयरधनीले भने गुमाएका छन् ।

रासस

Link copied successfully