सुस्तायो सेयर बजार, साढे १ अंकले घट्यो नेप्से

सोमबार कारोबारमा आएकामध्ये ११६ कम्पनीको सेयर मूल्य बढ्यो, १४३ कम्पनीको घट्यो र १४ वटाको स्थिर रह्यो ।

असार ८, २०८३

कान्तिपुर संवाददाता

Stock market slows down, NEPSE drops by 1.5 points

काठमाडौँ —  

पछिल्ला केही दिनदेखि सुस्ताएको सेयर बजारमा सोमबार पनि सोही प्रवृति दोहोरिएको छ । गत शुक्रबार करिब साढे १ अंकले बढेको नेप्से सोमबार १.४६ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएकामध्ये ११६ कम्पनीको सेयर मूल्य बढ्यो, १४३ कम्पनीको घट्यो र १४ वटाको स्थिर रह्यो ।

सो दिन कुल ९० हजार ८ सय ६२ पटकको सेयर किनबेचमा ८१ लाख ३८ हजार ४ सय ३३ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत शुक्रबार ४ अर्ब ५३ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये फाइनान्स, लघुवित्त र व्यापारको परिसूचक सामान्य बढे । बाँकी उपसमूहको परिसूचक घटे । जसअनुसार बैकिङ उपसमूहको परिसूचक ०.१०, विकास बैंकको ०.०७, होटेल तथा पर्यटनको ०.१४, जलविद्युत्को ०.२०, लगानीको ०.०२, जीवन बिमाको ०.४५, उत्पादन तथा प्रशोधनको ०.०६, सामुहिक लगानी कोष ०.५९, निर्जीवन बिमा ०.२१ र अन्यको ०.२० प्रतिशतले घटेको नेप्सेको तथ्यांक छ ।

कान्तिपुर

Link copied successfully