व्यवसायीलाई ‘थुन्ने’ संस्कृतिको अन्त्य हुनुपर्छ : अध्यक्ष अग्रवाल

चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले अनुसन्धानकै क्रममा व्यवसायीलाई थुन्ने संस्कृतिले लगानीमैत्री वातावरणमा नकारात्मक असर पार्ने बताए।

असार ३, २०८३

न्युज एजेन्सी नेपाल

The culture of 'spitting' on businessmen must end: Chairman Agrawal

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले व्यवसायीहरुलाई ‘थुन्ने’ संस्कृतिको अन्त्य हुनुपर्ने बताएका छन् । 

चेम्बरले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा अध्यक्ष अग्रवालले व्यवसायीहरुलाई आशंकाकै भरमा थुन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका हुन् । आर्थिक अपराध प्रमाणित नभई अनुसन्धानकै क्रममा हुने धरपकडले लगानीमैत्री वातावरणमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । 

‘पहिला सुन्ने, अपराध प्रमाणित भए वित्तीय कारबाही गर्ने’ नीति अपनाउनुपर्ने नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । 'आर्थिक क्षेत्रमा कुनै अपराध प्रमाणित नभई अनुसन्धानका क्रममा प्रहरीद्वारा धरपकड हुँदा यसले सम्पूर्ण औद्योगिक व्यावसायिक लगानीमैत्री वातावरणमा त्रास सिर्जना गर्ने हुन्छ । यो क्षेत्रको मर्यादित सीमा कायम हुनु अत्यन्त जरुरी छ । पहिला सुन्ने त्यसपछि अपराध प्रमाणित भएमा वित्तीय कारबाही गर्ने नीति अख्तियार गर्नु जरुरी छ । थुन्ने शब्दै यहाँबाट डिलिट नै हुनुपर्दछ । यसका लागि कानुनमा एन्टिसिपेटरी बेलको पनि समेत व्यवस्था गरिनुपर्दछ,' अध्यक्ष अग्रवालले भने । 

एउटै क्षेत्रमा धेरै निकायको हस्तक्षेपका कारण व्यवसायी त्रासमा रहने अवस्था रहेको भन्दै ‘एक क्षेत्र–एक नियामक’ को अवधारणा लागू गर्नुपर्ने अग्रवालको भनाइ छ । 

सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाले हाल निजी क्षेत्रमा त्रास सिर्जना गरेको उनले बताए । 

न्युज

Link copied successfully