आजदेखि ५ सयको नयाँ नोट चलनमा, कस्तो हुन्छ नयाँ नोट ? 

राष्ट्र बैंकले ५ सय रुपैयाँ दरको साविककै आकार तथा रंगमा नयाँ नोट प्रचलनमा ल्याएको हो ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

New 500 rupee note in circulation from today, what will the new note be like?

What you should know

काठमाडौँ — कान्तिपुर संवाददाता (काठमाडआजदेखि पाँच सय दरको नयाँ नोट प्रचलनमा आउने भएको छ । राष्ट्र बैंकले ५ सय रुपैयाँ दरको साविककै आकार तथा रंगमा नयाँ नोट प्रचलनमा ल्याएको हो । 

‘नोटमा सङ्केत नं. झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्म भएको भएको नोट सम्वत २०८३ साल असार महिना ३ गते देखि चलनचल्तीमा ल्याउने हुँदा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

यस्तो छ नोटको विशेषता

नोटको अग्र भागमा 

१. नोटको मध्य खण्डमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाा पााच सय तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख भएको ।

२. नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेकोर तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०८२” लेखिएको । साथै, पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्ला रहेका ।

३. सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको ।

४. नोटमा गभर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको ।

५. नोटमा ३.५ मिमि चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो रहेको ।

नोटको पृष्ठ भागमा 

१. नोटको मध्य खण्डमा पाटेबाघको चित्र र सोको माथि “NEPAL RASTRA BANK” लेखिएको ।

२. नोटको तल्लो खण्डमा “RUPEES FIVE HUNDRED” र सिरिज नम्बर “2025 A.D” लेखिएको ।

कान्तिपुर

Link copied successfully