नेप्सेमा पुन: गिरावट, अधिकांश कम्पनीको सेयर मूल्य घट्यो

कारोबारमा अधिकांश उपसमूह घटे, ४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच हुँदा १ करोड ७ लाख कित्ता सेयर कारोबार भयो ।

असार २, २०८३

कान्तिपुर संवाददाता

Nepse declines again, share prices of most companies decrease

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ६.३१ अंकले घटेको छ । शून्य दशमलव २३ प्रतिशतले घटेको नेप्से २ हजार ७०५ दशमलव ४५ विन्दुमा ओर्लिएको छ । 

कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्यो भने १७७ कम्पनीको मूल्य घट्यो र १५ कम्पनीको मूल्य स्थिर रह्‌यो । कुल ४८ हजार ११६ पटकको सेयर किनबेचमा ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । किनबेचमा १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर खरिदबिक्री भएको छ । 

व्यापार र सामूहिक लगानी कोषबाहेक सबै उपसमूह घटेको छ । व्यापार १०.५६ अंकले वृद्धि भएको छ । घट्ने उपसमूहमा निर्जीवन बीमा ४५.७१, जीवन बीमा २४.९५ , विकास बैंक २४.३५ अंकले घट्यो । 

सोपान फर्मास्युटिकल्स लिमिटेडको १५, एपोलो हाइड्रोपावरको १४.९८,  दोल्ती पावर कम्पनीको ६.८९, बुंगल हाइड्रो लिमिटेडको ५.३५ र मेन्छियाम हाइड्रोपावर लिमिटेडको ५.१९ प्रतिशतले मूल्य घट्यो । 

सयपत्री हाइड्रोपावर लिमिटेडको ४.९०,  युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ४.०३,  एनआईएमबी डिवेञ्चर २०९० को ३.८४, कालिञ्चोक हाइड्रोपावर लिमिटेडको ३.५४,रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको ३.४१ प्रतिशतले घट्यो । 

कान्तिपुर

Link copied successfully