नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलाको २ लाख ९८ हजार २ सय रुपैयाँ तोकिएको छ ।
काठमाडौँ — नेपाली बजारमा सोमबार सुनको भाउ तोलामै ५ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलाको २ लाख ९८ हजार २ सय रुपैयाँ तोकिएको छ ।
आइतबार भने सुनको भाउ तोलाको २ लाख ९३ हजार २ सय रुपैयाँ थियो । यसअघि जेठ २६ गते सुनको भाउ तीन लाख रुपैयाँ बढी थियो । उक्त दिन तोलाको भाउ ३ लाख १ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
सोमबार चाँदीको भाउ पनि आइतबारको तुलनामा १ सय २० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार एक औँस सुन ४ हजार ३ सय २६ र त्यति नै परिमाणको सेतो धातु ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
