इप्पानमा नयाँ नेतृत्व, अध्यक्षमा मोहन डाँगी र वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन 

अन्य पदमा सर्वसम्मत भए पनि कोषाध्यक्षमा निर्वाचन भएको थियो ।

जेष्ठ ३०, २०८३

कान्तिपुर संवाददाता

New leadership in IPPAN, Mohan Dangi as President and Uttam Blon as Senior Vice President

काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा मोहन डाँगी चयन भएका छन्।

इप्पानको विधानको धारा १५ को उपधारा १२ मा व्यवस्था भएअनुसार डाँगी सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।

वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रूपमा उत्तम भ्लोन लामा चुनिएका छन्। आकांक्षी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएका हुन्।

New leadership in IPPAN, Mohan Dangi as President and Uttam Blon as Senior Vice Presidentउपाध्यक्षमा सुसन कर्माचार्य, विक्रम विष्ट, हिमप्रसाद पाठक, उत्तरकुमार श्रेष्ठ र नरेन्द्र बल्लभ पन्त सर्वसम्मत चयन भएका हुन्।

महासचिवमा भ्लोन समूहबाट टेकनाथ आचार्य (टीएन) तथा उपमहासचिवमा कविता पोख्रेल चयन भएकी छन्।

कार्यसमितिमा पाँच जना सचिव रहने व्यवस्था छ। सचिवमा अभिज्ञा मल्ल, इशा श्रेष्ठ, सुमनकुमारी जोशी, कुवेरमणि नेपाल र विजयमोहन भट्टराई चयन भएका छन्।

कोषाध्यक्षको एक पदका लागि निर्वाचन भएको थियो। भ्लोन समूहबाट शंकर बस्याल र खतिवडा समूहबाट मिथुन चक्रवर्तीप्रसाद पौडेल प्रतिस्पर्धामा थिए। बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भएका हुन्।

कार्यसमिति सदस्य सात जना रहनेछन्। त्यसमा भ्लोन समूहबाट अनुप आचार्य, प्रतिमा ज्ञवाली, ज्योती गैरे, कदम केसी, जगतबहादुर पोखरेल र वर्णन लामिछाने तथा खतिवडा समूहबाट जगदीश शिवाकोटी, नारायण कँडेल, संगीता धमला र मिलन खड्का सर्वसम्मत चयन भएका छन्।

कान्तिपुर

Link copied successfully